लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, को-को बन्दै छन् मन्त्री ?

सत्ती/सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।

भर्खरै सकिएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामीले पुरानै नाम सदर गरेका छौँ आज सात बजे शपथ छ’ उनले नेपाल प्रेसलाई प्रतिक्रिया दिए ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई सिफारिस गरेको थियो ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ ।

कांग्रेसले पनि आजै नाम टुंगो लगाउने र सरकार विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । ‘आजै सरकार विस्तार हुन सक्छ । अहिले म छलफलमा छु’, मुख्यमन्त्री शाहले बताए ।

साभार : नेपाल प्रेस


प्रकाशित : २०८० श्रावण १७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप