कैलाली / कैलालीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अविरल वर्षासँगै खुटियामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो । आफन्तका अनुसार भट्टराई (हिजो)बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए । दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको थियो । बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन् ।
उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रकाशित : २०८० श्रावण २५ बिहीबार प्रकाशित