विनय कुश्मि,काठमाडौ / आगामी भाद्र २० गते हुने अष्टिम्की पर्व काठमाडौंमा भव्यरुपमा मनाइने भएको छ ।
आज( शनिबार ) काठमाडौंकाे भृकुटीमण्डपमा हुने राष्ट्रिय अष्टिमकी पर्व भव्यरुपमा मनाउनका लागि आयोजना भएको एक भेलाले किरण चाैधरिकाे अध्यक्षतामा मुल आयोजक समिति र विभिन्न उप समिति गठन गरिएको छ । भेलाले थारु समुदायको अष्टिमकी पर्वलाई काठमाडौं उपत्यकामा राष्ट्रिय स्तरको भव्य र सभ्य रुपले अग्रासन महिला समुहको संयोजन एवं थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा मनाउने निर्णय गरिएको हो ।
उक्त भेलाले मुल आयोजक समिति संगै विभिन्न उपसमिति जस्तै आर्थिक व्यवस्थापन उपसमिति ,खानपिन व्यवस्थापन उपसमिति ,पुजा सामग्री व्यवस्थापन समिती,लेखन उपसमिति ,प्रचारप्रसार उपसमिति,मञ्च व्यवस्थापन उपसमिति,साँस्कृतिक उपसमिती,लेखा उपसमिती ,सल्लाहकार उपसमिति,स्वयंसेवक र फोहर व्यवस्थापन उपसमिती गठन गरेको छ ।
यसका साथै भेलाले यस पर्व भव्य र सव्य रुपमा मनाउनका लागि आयोजक कमिटिबाट न्युनतम तीन हजार रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने समेत निर्णय गरेको छ ।
मुल आयोजक समिती :
संयोजक : किरण चौधरी
उप संयोजक : रिता चौधरी
सदस्य सचिव : अन्जु चौधरी
कसरी मनाइन्छ अस्टिम्की ?
थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मुली तर्थात मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाउँछन् । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।
ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ-आˆनो घरमा टपरीमा तयार गरिएको पूजा सामाग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन ।
झिसमिसे रातमा पूजा सामाग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर एकै किसिमको थारु ड्रेस लगायका युवतीहरु मतहवाको घरमा जादै गरेको दृश्य सच्चिकै मनमोहक देखिन्छ ।
मतहवाकोे घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गरिन्छ । यही अष्टिम्की पर्वदेखि थारु समुदायको हार्या गुरइ सुरुहुने गर्छ । बैशाख जेठमा ढुर्या गुरई मनायर बन्द गरिएको नाचगान र मादल यसै पर्बदेखि खुल्ने गर्दछ ।