लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एनविआरकाे आठौं वार्षिकोत्सव वृक्षारोपण गरि मनाइयो

खक्राैला / नेप्लिज ब्रदर्स रुम ( एनविआर ) स्थापनाकाे आठौं वर्षको उपलक्ष्यमा एनविआर टिकापुर र किवानिज क्लब टिकापुरकाे आयोजनामा वृक्षारोपण गरिएको छ ।

कैलालीको सत्ति भन्सार कार्यालय , बाेर्डर आउट पाेष्ट खक्राैला र बाेर्डर आउट पाेष्ट कालाकुण्डामा वृक्षारोपण गरिएको हो । कार्यालय परिसरमा समि,राजवृक्ष, बाेटल पाम,कदम, लगायतका विभिन्न जातका बिरुवा राेपिएकाे एनविआरका सदस्य मुकेश श्रेष्ठले जानकारी दिए ।

पर्यावरणीय संरक्षण र कार्यालय परिसरमा सेवाग्राहीलाई शितलता होस् भन्ने साेचले विरुवा राेपिएकाे श्रेष्ठले बताए । साेहि अवसरमा बिओपि कालाकुण्डा र खक्राैलालाई १/१ थान राष्ट्रिय झण्डा उपहारस्वरूप हस्तान्तरण गरिएको थियो ।

साे कार्यक्रमका प्रमुख अतिथि किवानिज क्लब टिकापुरका सल्लाहकार तथा जानकि गाउँपालिकाका अध्यक्ष गणेश चाैधरि रहेका थिए भने कार्यक्रममा सत्ति भन्सार कार्यालय खक्राैलाका प्रमुख नारायण प्रसाद गैरे, विओपि खक्राैलाका गणपति डिएसपी सुर्य कुमार शर्मा , बिओपि कालाकुण्डाका गणपति सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र वि.क. लगायत किवानिज क्लब टिकापुरका पदाधिकारी ,स्थानीयकाे सहभागिता रहेको थियो ।

एनविआरले सामाजिक क्षेत्रमा र किवानिज क्लबले बालबालिकाकाे बृहत्तर क्षेत्रमा काम गर्ने गरेको छ ।


प्रकाशित : २०८० भाद्र २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप