लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

काठमाडौंमा थारु समुदायको अष्टिम्की पर्व मनाइयो (फोटो फिचर )

विनय कुश्मी,काठमाडौ / कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौमा आज थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व मनाएका छ । अग्रासन थारु महिला समुहको आयोजनामा काठमाडौको नयाँबानेश्वरमा विशेष कार्यक्रम गरि महिलाहरुले अष्टिम्की पर्व मनाएका छन ।

विभिन्न ठाउँबाट आएर काठमाडौमा बसोबास गर्दै आएका थारु युवाहरुले आफ्नो समुदायको अष्टिम्की पर्वलाई राष्ट्रिय स्तरमा चिनाउने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी डा.गोपाल दहित हुनुहुन्थ्यो भने पुर्वमन्त्री जनक चौधरी, पुर्व राज्यमन्त्री तेजुलाल चौधरी,प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी , वरिष्ठ साहित्यकार डा.कृष्णराज सर्वहारी,,नन्दुराज चौधरी ,मिनराज चौधरी ,शिव शक्ति ,कलाकार सुमिता चौधरी,गायिका सोमती थारु ,गायक आर.के. थारु सहित सोनि थारु,सोनु कुश्मी,सोनु थारु,राज कुश्मी,गणेश चौधरी,रोशन रातगैया लगायत थुप्रै कलाकारहरु गरि करिव २५०० जनाले सहभागिता जनाएका थिए ।

यसैगरी कार्यक्रम संचालन अन्जु चौधरी र दोशहरण चौधरीले गर्नुभएको थिए भने कार्यक्रम समापन सभाध्यक्ष तथा अग्रासन थारु महिला समुहकी उपाध्यक्ष किरण चौधरीले गर्नु भएको थियो ।
,

दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा समेत गरेका छन भने भोलि बिहान ८ बजे बागमतीमा अष्टिम्की विसर्जन गरिने छ ।

कार्यक्रमका केही तस्बिरहरु :


प्रकाशित : २०८० भाद्र २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप