सत्ति / नेपाल प्रहरीले महेन्द्रनगरबाट ठूलो परिमाणमा लागू औषध समातेको छ । कञ्चनपुर जिल्लाकाे बेलाैरि नगरपालिका वडा नम्बर ९ कलकत्ता भन्ने ठाउँबाट शनिबार साँझ ७:३० बजेको समयमा विशेष सुचनाकाे आधारमा पक्राउ गरेको जनाइएको छ ।
बेलाैरि नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २६ काे हिक्मत हमालकाे साथ बाट ४७.८५ ग्राम खैरो हेराेइन भारतबाट नेपाल ल्याउने क्रममा पक्राउ गरेको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरकाे टाेलिले पक्राउ गरेको जनाएको छ ।
भारतीय बजार बाट नेपाल तर्फ लागू औषध भित्रीने कैलालीको पुर्वी क्षेत्र भजनि र खक्राैला क्षेत्र बाट ओसारपसारकाे काम भैरहँदा पनि पछिल्लो समयमा सशस्त्र ,नेपाल प्रहरी कुनै निकायले पक्राउ गरेको तथ्यांक छैन । भजनि,लालबाेझि, खक्राैला र टिकापुर क्षेत्रमा नयाँ कार्यालय प्रमुख सरुवा भएर आएकोले पनि लागू औषध ओसार पसारमा संलग्न र प्रयोगकर्ता लाई समातेको छैन ।
सिमाक्षेत्रका चाैकिका घुमुवाका नाममा छाडिएका कतिपय प्रहरी जवान नै लागू औषधकाे काराेबारि संग माेटाे रकम लिएर छाड्ने गरेको स्रोतलाई जानकारी प्राप्त भएको छ । लागू औषधका कतिपय काराेबारिकाे साेझै प्रहरी सित संलग्नता पनि रहेको स्रोतको दावी रहेको छ ।
पछिल्लो समयमा सिमा क्षेत्र बाट अवैध तस्करीमा धेरै कमि भएको अवस्थामा प्रहरीका केही जवान यस्तो काम गर्नेका नजिक भएको दावी रहेको छ ।