लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

टीकापुर / टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार ना. ५ ख. ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुलाई टीकापुरतर्फ ल्याइएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भाटले जानकारी दिए ।

स्कुल बस नहरमा खसेको बताउँदै इलाका प्रहरी कार्यालय टीकापुरले प्रहरी घटनास्थलतर्फ गइरहेको जनाएको छ ।

विद्यालयका सञ्चालक मनिष बलायरले पानी परेर सडक चिप्लो भएका कारण बस नहरमा खसेको बताए ।


प्रकाशित : २०८० भाद्र २५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप