सत्ति / इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डिएसपी विश्वराज अधिकारीले गुण्डागर्दी र लागू औषधकाे सवालमा टिकापुर प्रहरी क्रुर भएर प्रस्तुत हुने बताएका छन ।
मंगलबार सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी अधिकारीले समाजको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख दायित्व भएको बताउँदै यहाँ सबैभन्दा जटिल समस्याको बारेमा सबै बाट सुझाव लिँदा लागू औषध र त्यो संग जाेडिएकाे गुण्डागर्दि भएको पाएकाे बताएका छन् । प्रहरी बर्दि लगाएर शान्ति सुरक्षाको दायित्व लिने पत्रकार पनि शान्तिपूर्ण समाजको लागि सदैव लागि पर्ने भएकोले शान्त टिकापुर बनाउनका लागि प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले सूचना प्राप्त भए प्रहरी परिचालन गरिने बताए ।
जस्तो अवस्था आउँछ हामी त्यसरी नै प्रस्तुत हुन्छौं’ उनले भने -‘ढुक्क भएर त्यस्तो कुनै सूचना भए हामीलाई उपलब्ध गराउनुस् ।’ डियसपि अधिकारीले भने : नेपाल प्रहरीले देशैभर लागु औषध नियन्त्रण महाअभियान सुरु गर्ने तयारीमा छ । उनले प्रहरीको व्यवसायिक काममा सहयोग गरेर समाजको हितमा काम गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले समाजको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरी जत्तिकै पत्रकारको पनि भएकाले व्यवसायिक अपेक्षा रहेको बताए ।
लागू औषध भित्रिने क्षेत्रमा विशेष निगरानीका लागि मातहतका प्रहरी युनिटलाई निर्देशन दिनुपर्ने नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य भिम वि. क. ले सुझाव दिएका थिए ।
खक्राैला तथा यसका आसपासका नाकाबाट लागुऔषध ओसारपसारकर्ताले महिला, गाेठाला,बालबालिका प्रयोग गर्न सक्ने तर्फ पनि प्रहरी सचेत हुनुपर्नेमा उनलेे जाेड दिएका थिए ।
प्रहरी निरिक्षक पदमा नेपाल प्रहरीको जागिर सुरु गरेका अधिकारी प्रहरी प्रधान कार्यालयबाट सुरुवा भएर आएका हुन ।