विनय कुश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं
महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको उद्घाटन गरेका हुन ।
असोज ४ गते बिहिबार एक कार्यक्रमको आयोजना गरि होटलका अध्यक्ष सिताराम थारुको अध्यक्षतामा होटल जेउनासको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल होटल व्यवसाय समाजका उपाध्यक्ष टीका गिरि,वडा नं.११ वडा सदस्य यसोमती परियार र सरोज कुमार मुल्मी, कर्णाली मा.वि. टीकापुरका प्र.अ धर्मराज शर्मा र राष्ट्रिय मा.वि.टीकापुरका प्र.अ.धर्मराज जैशी,सुन्धारा आमा समुह अध्यक्ष पुर्ण सभा गरुङ लगायत थुप्रै सहभागी भएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकारले होटलको उन्नति प्रगती होस र होटलको लागि वडाले गर्नसक्ने साथ र सहयोग सधैं गर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए । यसै गरि होटलका अध्यक्ष सिताराम थारुले ज्योनास आफैमा पहिचान बोकेको शब्द हो जस्को अर्थ थारु भाषामा बेहुली पक्षले बेहला पक्षलाई जन्ती जादा आफ्नो घरमा स सम्मान सहित स्वागत सत्कार गरि राखिने ठाउँलाई जनाउदछ । आज देश जरजर अवस्थामा पनि जोखिम मोलि युवाहरु बिदेशमा होइन स्वदेशमै केही गर्नुपर्छ । आफ्नै देशमा संघर्ष गरि अघि बढ्नु पर्छ भन्ने उद्देश्यले यो होटल संचालनमा ल्याएको बताउँदै कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रम संचालक होटलका संचालक लिखराम चौधरीले गरेका थिए ।