सत्ति / नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ।
कैलालीको लम्किचुहा नगरपालिका -२ चौरी निवासी उनको आज(बिहिबार) उपचारका क्रममा निधन भएको हो।
माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वास प्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए।
बडुवाल एक शालिन नेता तथा चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे ।
प्रकाशित : २०८० आश्विन ११ बिहीबार प्रकाशित