जमुना न्युरे,धनगढी,नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो ।
सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संघका सचिव डाक्टर कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए। काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूको माग छ ।
हाम्रो माग कागजका पानामा लेखेर सहमति गरेमा हामी शान्त हुन्नौ हामीलाई सुरक्षित भएको आभास गराउनु पर्छ । चिकित्सकलाई भय रहित वातावरणमा उपचार गरिदिने बनाउन सरकारकै निकायबाट पहल कदमी चालिनु पर्नेमा आन्दोलनमा सहभागी चिकित्सकको जोड रहेको छ ।