लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकि गाउँपालिकाले गर्याे यस्तो आग्रह

सत्ती/ कैलालीको जानकी गाउँपालिका स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रले कार्तिक ५,६ र ७ गते सम्मका लागि कृषकहरुलाई धान नकाट्न र काटिसकेका कृषकहरुले व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पालिकाले जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार दशैं विशेष बुलेटिन प्रकाशन गरी बर्ष हुने भनेपछि धान नकाट्न आग्रह गरेको हो । यदि धान काटेको भए तत्काल बालिहरुलाई भित्राउन
गाउँपालिकाका कृषकहरुलाई आग्रह गरेको छ ।

गाउँपालिकाले निर्माण गरेको पूर्व सूचना संयन्त्रको प्रयोग गरी पालिका बासीहरुमा म्यासेजका माध्यमबाट समेत जानकारी गराएको जानकी गाउँपालिका वन वातावरण तथा विपद्‌ व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशीले जानकारी दिएका छ्न ।

पालिकाले मौसमका बारेमा जानकारी लिन स्थानिय आपतकालिन कार्य सन्चालन केन्द्रले प्रकाशन गर्ने सूचनाहरु नियमित रुपमा हेर्न समेत आग्रह गरेको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्ष्रालयजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २०८० कार्तिक ३ गते अपराहन्न २ बजे दशै विशेष बुलेटिन प्रकाशन गरी यस्तो
आग्रह गरेको हो ।


प्रकाशित : २०८० कार्तिक ३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप