भिम वि.क,बैदि / दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड मानिने यसपर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले प्रतिपदाका दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनको हात बाट टीका-प्रसाद ग्रहण गरेर पुर्णिमा सम्म मनाउने गर्छन् । यो पर्वमा टिकापुर नगरपालिका वडा नम्बर -७ का प्रतिपुरबासिका लागि एउटा अर्को खुशी थपिएको छ ।
प्रतिपुर गाउँका २० परिवारले यो दशैंमा नगरपालिकाले बनाइ दिएको नयाँ घरमा टीका लगाउने तयारीमा छन् । पथरैया र माेहना नदिकाे बाढीबाट सबैभन्दा पहिले बढि प्रभावित हुने प्रतिपुरबासिका लागि टिकापुर नगरपालिका, गैरसरकारी संस्था कारितास नेपाल र घरधनि स्वयंकाे लागतमा साे घर तयार भएको हो ।
` हरेक वर्ष बाढीले क्षति गरेको घरलाई लिपपोत गरेर दशैं मनाउने गरिन्थ्यो तर यसपटक भने सरकारले बनाइ दिएको व्यवस्थित घरमा टीका लगाउने तयारी गरेको छु ´टिकापुर ७ प्रतिपुरका माधव चाैधरिले भने । दुईवटा काेठा र एउटा भान्सा भएको घर बनाउन आफ्नोतर्फबाट ढुंगा ,गिटी , बालुवा गरि करिब सवा लाख रुपैयाँ खर्च भएको नयाँ घरमा टीका लगाउने तयारीमा रहेका अर्का बिरबहादुर चाैधरिले भने ।
टिकापुर ९ खक्राैलाकि आशा आउजिले खुशी हुँदै भनिन् `आफुले यसरी व्यवस्थित पक्का घर सरकारले बनाइदेला भन्ने कहिल्यै नसाेचे बताइन् ´।
टीकापुर नगरपालिका, कारितास नेपाल र घरधनिकाे साझेदारीमा बाढी प्रभावित क्षेत्रमा बाढी प्रतिरोधात्मक सुरक्षित आवास निर्माण कार्यक्रम अन्तरगत निर्माण भएको हो । टिकापुर नगरपालिकाका विभिन्न ७ वडामा गैरसरकारी संस्था कारितास नेपालसँगको साझेदारीमा कम लागतमा बाढी प्रतिरोधात्मक सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत ५० घर निर्माण गरिएको कारितास नेपालमा कार्यरत कर्मचारी सरस्वती मल्लले जानकारी दिईन् । उनका अनुसार नगरपालिका र संस्थाकाे साझेदारीमा निर्माण भएका घर बाढीपीडित ,एकल महिला, अति विपन्न अवस्थामा रहेकालाई प्राथमिकतामा राखेर बनाइएको बताइन् ।
प्रतिपुर बाहेकका ३० घर ५/५ का दरले अन्य ६ वडामा निर्माण गरिएका छन । जानकारी अनुसार ती घर वडा नं. २, ३, ४, ५, ८ र ९ मा निर्माण भएका छन । टिकापुर नगरपालिकाले घरधनीहरुलाई प्रति व्यक्ति २ लाख ६० हजारका दरले अनुदान दिने बताइएको छ । जस अन्तरगत नगरपालिकाले ५० घरको १ करोड ३० लाख रुपैयाँ अनुदान दिनेछ ।