नारायणपुर / टिकापुर -६ स्थित प्रसेनि ग्रामीण विद्युत सहकारी संस्थाकाे अध्यक्षमा सुमन वड निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सहकारीको आठौं चुनावी साधारणसभा बाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
उनलेे ४४ मत ल्याइ निर्वाचित भएकाे निर्वाचन मण्डलका संयोजक कपुरसिंह कडायतले जानकारी दिए । संयोजक कडायतका अनुसार उनका प्रतिद्वन्द्वीहरु नृप बहादुर शाहले ४० मत, चतुर प्रसाद खनाल ३७ मत र भुपेन्द्र खड्काले १४ मत ल्याएका थिए ।
अध्यक्ष बाहेकका पदमा गत असाेज २६ गते नै सर्वसम्मतरुपमा चयन भएको थियो । जसमा उपाध्यक्ष तेजबहादुर साउँद सचिवमा काेषाध्यक्षमा फुलकुमारि चाैधरि रहेका छन् । भने सदस्यहरुमा लक्ष्मण शाह ,प्रेम बहादुर चन्द ,प्रेमबहादुर साउँद ,बाबुराम चाैधरि र गंगाराम चाैधरि रहेका छन् । यसैगरीकाे संयोजकमा सुरत बहादुर शाह र सदस्यहरुमा निशा कडायत र शेष प्रकाश शाह चयन भएका छन् । २ सय ६४ जना शेयर सदस्य रहेको सहकारीमा १ सय ३७ मत खसेको थियो भने ३ मत बदर भएको निर्वाचन समितिका संयोजक कपुरसिंह कडायतले जानकारी दिए ।
।