सत्ति / सत्ती कृषि सहकारी संस्थाकाे साताै साधारण सभा सम्पन्न भएकाे छ ।
साताै वार्षिक साधारण सभाले आगामि कार्यकालका लागि संजिबव कुमार वैद्यकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा धर्मराज जैशी,सचिवमा सुमन तिमिल्सेना,काेषाध्यक्षमा चन्द्र शाह, चयन भएका छन भने सदस्यमा राजकुमारी चाैधरी, कला चलाउने धामी,समीक्षा सुनार,खेमानसिह पुनमगर,बिमल चाैधरीलाई चयन गरिएकाे छ । लेखा तथा सुपरिवेक्षण समितिकाे संयाेजकमा जगत ठकुल्लालाई चयन गरिएकाे छ भने सदस्यमा रेवन्ति श्रेष्ठ र रामकृष्ण भट्टराई रहेका छन ।
सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भण्डारीकाे अध्यक्षता भएकाे साताै साधारण सभामा प्रमुख अतिथि टीकापुर ७ का अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए भने बिशिष्ट अतिथि वडा न ६का अध्यक्ष बलीराम चाैधरी रहेका थिए । साधारण सभामा अध्यक्षकाे बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष खड्क प्रसाद भणडारीले प्रस्तुत गरेका थिए । सहकारीले बार्षिक ७० लाख बराबरकाे काराेबार गरेकाे छ भने ३ लाख ९ हजार १४ रुपैया नाफा कमाउन सफल भएकाे छ । सहकारीका उपाध्यक्ष धर्मराज जैशीकाे स्वागत मनतव्य संगै सुरु भएकाे कार्यक्रम मा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ, धनसिंहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साउँद, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, टीकापुर नगरपालिका आर्थिक बिकास शाखाका प्रमुख नन्द बहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।