लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जाजरकोटमा टिकापुरका टोलविकास संस्थाको राहत तथा श्रम सहयोग

टिकापुर नगरपालिकाको आदर्श टोल बिकास संस्था, कालिका टोल बिकास संस्था, ओजुवा ताल टोल बिकास संस्था, शिबशक्ति टोल बिकास संस्था, सिर्जनशिल टोल बिकास संस्थाले भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन।

टिकापुर नगरपालिका भित्रका टोल बिकास संस्थाहरु मिलेर ३२ घरपरिवारलाई १४ क्विन्टल चामल, ५६ किलो दाल, ५६ लिटर तेल गरि जम्मा ८० हजार ५ सय ४४ रुपैया बराबरको राहत सामग्री वितरण गरेका हुन ।

राहत सामग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको टीकापुर नगरपालिकाको टिम यतिबेला भुकम्प प्रभावित जिर्न संरचनाहरु को पुनः निर्माणका लागि श्रम सहयोग गरिरहेको छ । भेरी नगरपालिका वडा नं.१ कुन्डी टोलमा स्थानीयहरु संग मिलेर उक्त टिमले हालसम्म १० वटा जिर्न घरहरुको पुन:निर्माण गरिसकेको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आएको भूकम्पमा परि १ सय ५३ जनाले ज्यान गुमाएका थिए । त्यस मध्य जाजरकोटको भेरी नगरपालिका वडा नं १ मा मात्र ३१ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी राहत सामग्री संगै पुन:निर्माणका लागि श्रम सहयोग गर्न जाजरकोट पुगेको टीकापुरको टिम पुस ३ गते टीकापुर फर्किने जानकारी प्राप्त भएको छ ।

तस्बिरहरु : गोबिन्द कोइराला


प्रकाशित : २०८० पुष १ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप