सत्ति / टिकापुर ७ बेलुवा स्थित सुनसुनिया ग्रामीण विद्युत सहकारीको १६ अाैं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष पहलवान चाैधरिकाे अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष राजकुमार चाैधरि रहेका थिए ।
भने विशिष्ट अतिथिमा लक्ष्मी नारायण सहकारी नारायणपुरका अध्यक्ष कपुरसिंह कडायत रहेका थिए । कार्यक्रममा सहकारीले विभिन्न उपभोक्ता र शेयर सदस्यलाई सम्मानित पनि गरेको थियोे ।
मल बीउ र बिजुली विक्रि संगै अन्य कार्यमा सहकारीकाे ध्यान जानुपर्नेमा शेयर सदस्यकाे धारणा रहेको छ ।
कार्यक्रममा विभिन्न सहकारी तथा संस्थाका प्रमुख हरुले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी सहकारीको रिक्त रहेको सचिवमा पदमा देशराज चाैधरिलाई चयन गरेको छ । यस वर्ष सहकारीले डेढ लाख मुनाफा गरेको बताइएको छ ।