सत्ति / विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा २ दिने तालिम सत्तिमा बिहीबार सम्पन्न भएको छ ।
प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र विपद जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समुदाय स्तरमा जानकारी दिनको लागि सामाजिक विकासका लागि सचेत समाज ( सिएसएसडि धनगढीले) साे तालिमको आयोजना गरेको थियो ।
माेफा जापान ,वर्ल्ड भिजन जापान मार्फत वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सिएसएसडि धनगढी द्वारा आयोजित साे तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि सहभागीलाई सुसुचित गराइएको आयोजक संस्थाका सामाजिक परिचालक बिन्तीराम चाैधरिले जानकारी दिए ।
टिकापुर नगरपालिका वडा नम्बर ७ का ३२ जनाको सहभागिता रहेको साे तालिममा टिकापुर नगर स्तरीय र वडा स्तरीय विपद व्यवस्थापन बारे जानकारी ,स्थानीय आपतकालीन कार्य संचालन केन्द्र बारे जानकारी ,पुर्व सुचना र पुर्व कार्य बारे जानकारी ,विपद व्यवस्थापन बारे कानुनी ज्ञानका बारेमा छलफल भएको सहजकर्ता निर्मला चाैधरिले जानकारी दिईन् ।
तालिमको सहजीकरण टिकापुर नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चाैधरिले गरेकि थिइन् । तालिममा वडा नम्बर ७ का बडघर,टोल विकास संस्था ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,रेडक्रस ,युवा क्लब, वडा सदस्यहरु र विभिन्न संस्थाका प्रतिनिधिकाे सहभागिता रहेको थियो ।
तालिममा सहभागी सशस्त्र प्रहरीका सइ चित्र बहादुर खड्काले तालिम निकै प्रभावकारी र फलदायी भएको बताए ।
तालिम समापनको क्रममा सहभागीहरुले टिकापुर नगरपालिका वडा नम्बर सात स्तरीय विपद व्यवस्थापन कार्ययोजना निर्माण गरिएको थियोे ।