सत्ति / नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरले कस्तुरी बरामद गरेको छ ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४६ काे दानबहादुर वि.क. बाट कस्तुरीकाे दुई थान विना सहित प्रहरीले पक्राउ गरेको छ ।
सइ सुशील चन्द ठकुरीको कमान्डमा
खटिएको प्रहरीको सादा पाेशाककाे टोलीले शंकास्पद व्यक्तिलाई खानतलासी गर्दा प्रतिबन्धित कस्तुरीकाे विना सहित पक्राउ गरिएको जनाइएकाे छ । बरामद विना आवश्यक अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय फल्टुडे पठाएको प्रहरीले बताएको छ ।
प्रकाशित : २०८० पुष ६ शुक्रबार प्रकाशित