बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ४ बैरियामा बाघको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए ।
बाघले आक्रमण गरेको स्थानमा सुमित एक्लै हिँडिरहेको स्थानीय फूलपाती थारुले जनाए । विगत केही महिना यता बैरिया लगायत आसपासका गाउँमा बाख्रादेखि कुकुर समेत बाघले आक्रमण गरी मार्दै आएको थारुले बताए । बाघको आक्रमणमा बालकको मृत्यु पछि स्थानीय त्रसित छन् ।
साभार : हाम्रो पत्र
प्रकाशित : २०८० पुष ७ शनिबार प्रकाशित