विनोद चाैधरि ,सत्ति / टीकापुरमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(मण्डली’) ले टीकापुर बजार सरसफाई गरेको छ ।“छिमेकीलाई सफा वातावरण उपहारस्वरूप दिन पाउँदा हामी खुशी छौं” भन्ने नाराका साथ समाज का ११० जना विश्वासीहरूले टीकापुर बजार सरसफाइ गरेका छन् ।
७६९१औं विश्वव्यापी वातावरण अभियान अन्तरगत सोमबार स्वयं सेवकको टोली बनाएर सडक तथा टीकापुरको महोत्सव ग्राउन्डबाट सुरू गरेर टीकापुर बजार र टीकापुर अस्पता सरसफाई गरिएको थियो ।
स्वयंसेवकको कार्यप्रति खुशी व्यक्त गर्दै टिकापुर बासिन्दाले परमेश्वरको मण्डलीका विश्वासीले गरेको कार्य स्वागत योग्य र सह्रनीय भएको बताएका छन् । स्वयंसेवक रवि भित्रीकोटिले “आफु बाईबलले गवाहि दिएको पवित्र आत्मा र दुलहि (पिता र माता परमेश्वरलाई) विश्वास गर्ने र स्वस्थ परिवारको उचित रेखदेखको निम्ति आमाको भुमिका महत्वपुर्ण भएजस्तै जलवायु परिवर्तनले गम्भिर हुँदै गएको पृथ्वीको निम्ति पनि मानिस जातिले आमाको जस्तो, आफुलाई भन्दा पहिला अरूलाई सोचिदिने मनको आवश्यक परेको र स्वयंसेवाको कार्यद्वारा छिमेकीलाई सफा वातावरण उपहार स्वरूप दिन पाएकोमा हर्षित छु ” भन्दै खुशी व्यक्त गरे । मुकेश राजीले “एकजनाले टिप्यो भने फोहोर टिपे जस्तो लाग्ने तर धेरै जना सहभागी भएर स्वयं सेवा गर्दा आशिषको काम गरेको छु जस्तो लाग्छ” भने । मण्डलीले गरेको यस्तो कार्य अरू संघसंस्था र व्यक्तिलाई पनि प्रेरित गराउने कुरा बताए ।