लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नाबालिक बलात्कार मुद्दामा सन्दिप लामिछाने दोषी ठहर

नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई नाबालिका बलात्कारआरोपमा दोषी ठहर गरेको हो।  

कसुर निर्धारणका लागि भने पुस २५ गते पेशी तोकिएको छ। कानुन अनुसार फौजदारी मुद्दामा दोषी ठहर गर्दै कति वर्ष जेल सजाय वा जरिवाना भन्ने विषयमा कसुर निर्धारणका लागि पछि इजलासमा पेश गर्ने व्यवस्था छ।

गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो।

लामिछानेविरुद्ध २०७९ कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा जबर्जस्तीकरणी मुद्दा दर्ता भएको थियो। मुद्दामा कात्तिक १५ मा पहिलो पेसी चढेको थियो।

कात्तिक १८ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। त्यसपछि लामिछाने करिब तीन महिना थुनामा बसेका थिए। उनले थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उनको मागबमोजिम उच्च अदालत पाटनले ससर्त धरौटीमा छोड्न आदेश गरेको थियो।

२०७९ पुस २८ मा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यसै आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले विदेश जान रोक लगाउने भन्ने उच्च अदालतको आदेश सर्वोच्चले बदर गरिएको थियो। त्यसपछि लामिछाने नेपाली क्रिकेट टोलीबाट विभिन्न देशमा खेलमा सहभागी हुँदै आएका थिए।


प्रकाशित : २०८० पुष १३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप