लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई गर्याे सम्मान

सत्ति / कैलालीको जानकी गाउँपालिकाको १३ औ सभा सम्पन्न भएको छ । गाउँ सभामा पालिकाले स्थानीय सेवा सम्वन्धी कार्यविधि २०८० अनुसार उत्कृष्ट कर्मचारी र सेवा प्रदायक लाई सम्मान गरिएको छ । 
सम्मानित हुनेमा अरुणोदय मावि खैरिफाँटाका प्रधानाध्यापक कपिलराज भाट, स्वास्थ्य अधिकृत जीतबहादुर चौधरी, बरिष्ट अहेब पदमसिंह परियार, वडानम्बर १ का सचिव तीर्थबहादुर डगौरा, सहायक कर्मचारी नेत्रप्रसाद जैसी, कार्यालय सहयोगी रेश्मा चौधरीलाई सम्मान गरिएको छ । यस्तै २० वर्ष समाजसेवा गर्नुभएकी महिला स्वास्थ्य स्वयं सेविका जानकीकुमारी चोधरी, समयमै काम सक्ने निर्माण कम्पनी राज निर्माण सेवा टीकापुर, सबैभन्दा बढी कर तिर्ने कम्पनी मालिका स्टिल प्रालि, टीआ पशुपन्छि पालन समूह, कोशीली कृषक समूहलाई सम्मान गरिएको छ । 
सम्मानित हुदै स्वास्थ्य शाखाका प्रमुख जित बहादुर चौधरीले  आफ्नो एक प्रयासले सम्मानित नभएकाले सबै कर्मचारी, जनप्रतिनिधीको साथ सहयोग रहेर काम गर्दा अहिलेको अवस्थामा पुगेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीले गाउँपालिको  जनप्रतिनिधीहर निश्चित समयका लागि भए पनि कर्मचारी स्थायी सरकारको सरह हुने भएकाले गाउँपालिको सम्मानको कार्यक्रम गरेर कर्मचारीहरुको दक्षता, खुबी प्रर्दशन गर्न होडबाजी शुरुवात गरेको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले गाउँपालिकाको विकास  र समृद्धिको लागि पुरस्कारले उत्प्रेरणा दिने भएकाले गाउँपालिकाले यसको सुरुवाट गरेको बताए । उनले सबैको योगदान महत्वपुर्ण रहने भएकोले  सबै जना आफ्नो कर्तव्य र जिम्मेवारीका साथ लागे आगामी दिनमा सबै उत्कृष्ट हुने बताए ।
 गाउँपालिका उपाध्यक्ष लालमति देवी कठरियाले कर्मचारीहरु जनप्रतिनिधिहरु सँगै आपसी समन्वय र सहकार्यमा काम गर्न आग्रह गरिन ।
 गाउँपालिका अध्यक्ष गणेश चौधरीले गाउँपालिकामा जनप्रतिनिधी निर्वाचित भएर र कर्मचारी छनौट भएर आएको जनप्रतिनिधी र कर्मचारी मिलेर काम गर्न सके मात्र विकास र समृद्धि प्राप्ति हुने भएकाले सहकार्य हुनु आवश्यक रहेको बताए । सम्मान कार्यक्रम संचालन जानकी गाउँपालिकाका प्रशासन प्रमुख मेवालाल चौधरीले संचालन गरेका थिए । 
 

,


प्रकाशित : २०८० पुष १७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!