लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको भजनीबाट ६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

मान बहादुर ठकुल्ला,भजनी/कैलालीको भजनी नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

भजनी-९ पहलवानपुर झुलंगे पुल नजिकै भित्री सडक खण्डबाट घोडाघोडी नगरपालिका-१ सुखडका २६ वर्षीय प्रशान्त चौधरी र भजनी– ४ का २७ वर्षीय अभिशेख चौधरीलाई ६ ग्राम ६३० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रशान्तले चलाएको से ४ प ३४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय भजनीबाट सादा पोशाकका प्रहरी टोलीले शनिबार साँझ ६ बजेतिर पक्राउ गरेका हुन् । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रकाशित : २०८० पुष २९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप