Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
सत्ती-कर्णाली सामुदायिक वनको बेतका सामाग्री बजारिकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने : मन्त्री धामी - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती-कर्णाली सामुदायिक वनको बेतका सामाग्री बजारिकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने : मन्त्री धामी

सत्ति / सत्ति कर्णाली सामुदायिक वनको बेत बाँसको बजारिकरणकाे सम्भाव्यता अध्ययन गरि वनको स्रोत परिचालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइएको छ ।
साे कुरा सुदुर पश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले वनको ३० अाैं वार्षिक साधारणसभाकाे प्रमुख अतिथिको आसन बाट बताएका हुन ।
मन्त्री धामीले सुदुरपश्चिम प्रदेशकै नमुनाका रुपमा रहेको सत्ति कर्णाली सामुदायिक वनले उत्पादन गर्ने बेतबाँस र त्यसबाट निर्माण गरिने सामग्रीको बजारीकरण गर्न लागि आफू लागि पर्ने र ति सामग्रीलाई ब्रान्डका रुपमा स्थापित गर्नुपर्नेमा जाेड दिएका थिए । वनबाट उत्पादित सामाग्री स्थानीयले पनि प्रयोगमा ल्याउन आग्रह गरेका थिए । सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदको अध्यक्षतामा भएको साधारणसभामा संविधानसभा सदस्य हरि ज्ञवाली, सामुदायिक वनका उपाध्यक्ष पलबहादुर बस्नेत, पत्रकार भीम वि. क., साबिक धनसिहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद, टीकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलीराम चौधरी, वडा न ७ का अध्यक्ष यज्ञ न्यौपाने, वडा न ८ का अध्यक्ष दीर्घ ठकुल्लाले मन्तव्य राखेका थिए ।
सामुदायिक वनले साधारण सभामा समाजसेवी गोविन्द श्रेष्ठले बेसहारा तथा अपाङ्गता भएका १० जना व्यक्तिलाई कम्मल सहयोग गरेका थिए । त्यसैगरी सामुदायिक वनका उपाध्यक्ष पलबहादुर बस्नेतले ३ घरपरिवारलाई ५० किलो चामल, दाल २ किलो, खाने तेल ५ लिटर, दुई किलो नुन प्रति परिवारलाई सहयोग गरेका थिए । अध्यक्ष धनसिह साउदले १२ जना उत्कृष्ट तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका थिए । सामुदायिक वनको तर्फबाट १३५ जना ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेर सम्मान गरिएको सामुदायिक सचिव मीनबहादुर ठकुल्लाले जानकारी दिए ।
यसैगरी फुटबल खेलाडी माधव भण्डारीलाई फुटबल जुत्ता र ट्रयाक सुटसहित र वनमा लामो समय लेखापाल रहेका देविराम भण्डारीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । साधारणसभामा चालु आर्थिक वर्षका लागि १ करोड ३ लाख १४ हजार १ सय बराबरको अनुमानित आयव्यय सार्वजनिक गरिएको थियो । अघिल्लो आ. व. ०७९ ०८० मा भने ७४ लाख १३ हजार ७७५ रुपैयाँ बराबरको आयव्यय रहेको थियो ।
पानी बेत र बाँसले प्रचुर मात्रामा उत्पादन हुने भनेर परिचित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आय आर्जन र सामुदायिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ । चुनावी साधारणसभा भएकोले निर्वाचन समितिले आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ ।

 


प्रकाशित : २०८० पुष २९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!