लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ती-कर्णाली सामुदायिक वनको निर्वाचन अन्याेलमा

सत्ति / टीकापुर ७ काे सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको समिति चयन प्रक्रिया अवरुद्ध भएको छ ।

२८ पुसमा साधारणसभाको उद्घाटन शत्रपछि आगामी कार्यकाल लागि निर्वाचन समितिले नयाँ समिति चयनकाे प्रक्रिया अघि बढाएको थियो । सहमतिमा कार्य समिति चयन हुन नसकेपछि निर्वाचन समितिको चुनावी कार्यतालिका अनुसार २ माघमा उम्मेदवारी दर्ता भयो । दुई प्यानल बनाएर मनोनयन दर्ता भयो ।

बहालवाला अध्यक्ष धनसिंह साउँदको नेतृत्वमा एउटा प्यालन र बहालवाला सह सचिव प्राङ्कुश चौधरीको नेतृत्वमा अर्को प्यानलले उम्मेदवारी दर्ता गरायो। निर्विरोध अध्यक्ष हुनका लागि प्राङ्कुश चौधरीले धनसिंह साउँदबिरुद्ध उजुरी हाले। वन नियमावली २०७९ ले दुई कार्यकाल अध्यक्ष भइ सकेकोले पुनःअध्यक्ष हुन नपाउने र स्वत आफू अध्यक्ष हुने भन्दै निर्वाचन समितिमा उजुरी हाले ।

अर्का अध्यक्षका प्रत्यासी धनसिंह साउँदले अध्यक्षका प्रत्यासी प्राङकुश चौधरी विरुद्ध उजुरी हाले । साउँद पक्षले अध्यक्ष पदका प्रत्यासी चौधरी टीकापुर ८ वनगाउँस्थित प्रस्तावित वनगाउँ सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष रहेको वन नियमावली अनुसार एक ब्यक्ति दुई ठाउँमा उपभोक्ता हुन नपाउने प्रावधान रहेको अवस्थामा अध्यक्षसमेत हुन अयोग्य भन्दै उजुरी हालेको जनाइएको छ ।

उम्मेदवारीमाथि परेको उजुरीका विषयमा सब वन डिभिजन कार्यालय पहलवानपुर लिखित जानकारी गराउने साे कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रकृया अघि बढाउने जानकारी निर्वाचन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिए । दुई समुहको लडाइँले वन अधाेगति लाग्ने तर्फ उपभोक्ता चिन्तित रहेका छन् ।


प्रकाशित : २०८० माघ ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप