सत्ति / कैलालीको जानकी गाउँपालिका वडा ९ मा रहेको अमरावती सामुदायिक नन उपभोक्ता समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भएको छ ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ । सब डिभिजन वन कार्यालय लम्की फरेस्टेर राम बहादुर रावलले वयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । वन कार्यालय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघको घट्ना स्थल मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए ।
घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले लगाएको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।