लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

धनगढीमा एक व्यापारीले गरे आफ्नै घरको पाँच तलाबाट हाम फालेर आत्महत्या

कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक  ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेर आत्महत्या गरेको जनाएको छ ।

बुधवार विहान करीव ११ः२० बजे आफ्नै घरको पाँच तलाबाट हाम फालेर घाईते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले नवजीवन अस्पतालमा उपचारका क्रममा अग्रवालको मृत्यु भएको पश्चिम टुडेलाई बताए ।

केहीबेरमा अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक लैजाने प्रहरीले जनाएको छ । अग्रवालले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।

अग्रवालले हाम फालिरहेको दृष्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका छन् । घरको र्‍यालिङबाट केही तल झरेर उल्टा फर्केर हाम फालेका अग्रवाललाई हाम फाल्दै गर्दा त्यहाँ रहेका स्थानीय बासिन्दाले हाम नफाल्न आग्रह गरेका थिए ।  
श्रृंगारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।


प्रकाशित : २०८० माघ १० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप