बैदि / आदर्श टोल विकास संस्था टिकापुर ७ बैदिले ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा टोल विकास संस्था बैदिले ३ जना ज्येष्ठ नागरिक कुल बहादुर पुल,बाँधुराम डगौरा थारु ,टीकाराम चौधरी
र २ जना एकल महिला पार्वती केसि ,बाटु देबि बुढालाई सम्मान सहित न्यानो कपडा वितरण गरेको छ । टोल विकास संस्थाका अध्यक्ष वासुदेव काेइरालाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रमकाे प्रमुख अतिथि टिकापुर नगरपालिका कार्यपालिका सदस्य मञ्जु वि.क. रहेकि थिइन् ।
प्रमुख अतिथि वि. क. ले ज्ञान ,अनुभवका खानि रहेका टोलका अग्रज वृद्धवृद्धालाई टोल विकास संस्थाले सम्मान गर्नु सराहनीय काम भएको बताउँदै यस्तो कामकाे अनुसरण अन्यत्र पनि गरिनुपर्नेमा जाेड दिइन् ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि नारायणपुर उपशाखा सभापति टाेप बहादुर केसी , ज्येष्ठ नागरिक कुल बहादुर पुन, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन टोल विकास संस्थाकाे सचिव बालिका पुनले गरेको जनाइएको छ ।सबैकाे सहयोग र साथ भए सामाजिक काम आगामी दिनमा नियमितरूपमा गरिने संस्थाका अध्यक्ष वासुदेव काेइरालाले बताए ।