लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार प्रशासन चुस्त बनाउँछु ,भन्सार प्रमुख : शाही

खक्राैला / सत्ति भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीले प्रशासन चुस्त बनाउने बताएका छन्।

शुक्रबार ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा शाहीले साे कुरा बताएका हुन् । उनले भन्सार कार्यालयमा जनशक्तिको पनि अभाव रहेको अाैंल्याउँदै प्लान्ट तथा पशु क्वारेन्टाइन स्थापनाकाे विषयमा सबै क्षेत्र बाट पहलहुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य तथा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम विकले अन्तर्राष्ट्रिय सीमामा राज्य खडा हुने पहिलो स्थान भन्सार रहेकाले व्यवस्थित र मर्यादित हुन आवश्यक रहेको बताउँदै भारतीय सेवाग्राहीलाई छिटो छरितो र शिष्ट भाषाको प्रयोग गर्नुपर्नेमा जाेड दिएका थिए ।

सत्ति भन्सार प्रशासनमा हाकिम र कर्मचारी बिचमा समन्वयकाे अभाव रहेको जानकारी आएको बताउँदै आन्तरिक सुधारको खाँचाे भएको सुझाव दिएका थिए । उनलेेसत्ति भन्सारले पुर्वी कैलालीकाे विकासमा महत्त्वपूर्ण योगदान दिने प्रचुर सम्भावना भएको स्मरण गराएका थिए ।

स्थानीय व्यापारी सुरेश खड्काले भन्सार ,नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रही चोरी पैठारी नियन्त्रण गर्न कडाइका साथ लाग्नुपर्नेमा जाेड दिएका थिए ।
दिवसको अवसरमा भन्सार परिसर सरसफाइ र ब्याडमिन्टन प्रतियोगिता गरिएको थियोे ।

कार्यक्रममा भन्सार कर्मचारी, एजेन्ट , व्यापारी, पत्रकार ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयको सहभागीता रहेको थियोे ।
पुस महिनामा १ करोड २४ लाख ७० हजार राजस्व संकलन लक्ष्य रहेकोमा १ करोड ४२ लाख ७१ हजार असुली भएको जानकारी प्राप्त भएको छ । सत्ति भन्सारले यसवर्ष
१२ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ६ करोड राजस्व संकलन भएको नायब सुब्बा सिताराम बुढाथोकीले जानकारी दिए ।


प्रकाशित : २०८० माघ १३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप