सत्ति / टीकापुर-७ मा रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका लागि जीतराम चौधरी र शेरबहादुर ठकुल्ला नेतृत्वका दुई प्यानल चुनावी मैदानमा होमिएका छन्। नेपालकै नमुना वन मानिने साे सामुदायिक वनको नेतृत्वका लागि चौधरी र ठकुल्ला प्यानल सहित मैदानमा उत्रिएका छन्।
चौधरीको प्यानलमा उपाध्यक्ष मन्जु चौधरी, कोषाध्यक्षमा अस्मिता ठकुल्ला र सहसचिवमा मोहन रावल रहेका छन् । सदस्यमा साबिक धनसिंहपुर गाविस वडा नं २ बाट रमेश वादी, झरना दमाई, फूलकुमारी डगौरा , नरायणपुर वडा नं ८ बाट गायत्री देवी स्वाँर, जसुदेवी बिष्ट, सन्तोष नेपाली, नारायणपुर वडा नं ७ बाट साधुराम चौधरी, दिलकुमारी पुन रहेका छन् । अध्यक्षका प्रत्याशी ठकुल्लाको प्यालनबाट उपाध्यक्षमा कला चलाउने धामी, कोषाध्यक्षमा राधाकुमारी जिसी र सह सचिवमा ओमलाल सुनार रहेका छन् ।
त्यसैगरी सदस्य पदका लागि साविक धनसिहपुर गाविस वडा नं २ बाट चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक रहेका छन् । नारायणपुर वडा नं ८ बाट शारदा स्वाँर, नन्दा साउँद, भीमबहादुर चौधरी, नारायणपुर वडा नं ७ बाट मोसिया डगौरा थारु र मंगलबहादुर पुन चुनावी मैदानमा छन् ।
आगामी २० माघका दिन शनिबार मतदान हुने निर्वाचन समितिका संयोजक शाहले जानकारी दिए ।
आगामी नेतृत्व प्यानल सहित हत्याउनका लागि दुबै पक्ष मत माग्न घरदैलो कार्यक्रम जारि राखेका छन् ।
स्थानीय चुनावको झल्को दिने गरि सामुदायिक वनमा अतिराजनितिकरण भएको केही उपभोक्ताकाे भनाइ रहेको छ ।