टीकापुर / कैलालीको जानकी गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको ” सम्झना, सपना र अविरल यात्रा ” नामक ६५ थान पुस्तक खरिद गरी सहयोग गरेको छ ।
गाउँपालिकाले कृषि सामग्री उत्पादन गर्ने फ्याक्ट्री संचालनका लागि आफ्नो जिवनी पुस्तक बिक्री गर्दै दुर्गौली पुगेका डाक्टर पुनको ६५ थान पुस्तक खरिद गरेको हो ।
फ्याक्ट्री सञ्चालनका लागि पुस्तक बिक्री गर्दै हिँडेका पूर्णलाई सहयोग पुगोस् भन्नका लागि पालिकाले ६५ थान पुस्तक खरिद गरेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको भनाई छ ।
पालिका र दुर्गौली बजारमा पुस्तक खरिदका लागि पत्रकार भिम वि.क. र महिला नेत्री तथा समाजसेवि विष्णु बम शाहले समन्वय गरेका हुन ।
एक हप्ता यता कैलालीका विभिन्न बजारमा आफ्नो पुस्तक बिक्री गर्दै आएका पुन आज भने टीकापुर पुगेका छन्। भोलि उनले टीकापुरका विभिन्न क्षेत्रमा पुस्तक बिक्री गर्ने कार्यक्रम रहेको छ।