गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो ।
संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं.१९९९ असोज १६ गते जन्मेका आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो ।
भजन शिरोमणिको उपाधि पाएका भक्तराजले गाएका गीतहरू लोकप्रिय छन् । उनले गाएको जति चोट दिन्छौ देऊ मायालु बोलको गीत निकै लोकप्रिय छ ।
प्रकाशित : २०८० फाल्गुन १४ सोमबार प्रकाशित