टीकापुर/कैलालीको टीकापुरमा १४ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा टीकापुर कै एक जना ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेका हुन ।
चौधरीले ती बालिकालाई ललाई फकाई कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भैरहेको एक प्रहरीले जानकारी दिएका छन ।
प्रकाशित : २०८० फाल्गुन १७ बिहीबार प्रकाशित