लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी,ट्रक पुर्णरुपमा क्षतिग्रस्त

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

रगञ्जबाट कंचनपुर तर्फ आउदै गरेको लाईटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा आज अपरान्ह करीव ४ः३० बजे बर्दियाको ठाकुर बाबा नगरपालिका – २ कर्णाली पुल नजिक अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले पश्चिम टुडेलाई बताए ।

आगलागीबाट ट्रकसंगै त्यसमा रहेका लाईटरहरु जलेर नष्ट भएका छन् । पुलमा गुडिरहेकै समयमा ट्रकमा आगलागी हुदा पुलको तारहरुमा समेत क्षति पुगेको छ ।

ट्रक चालक जिल्ला कंचनपुर कृष्णपुर नगरपालिका-६ बस्ने ३२ वर्षीय चालक जगन्नाथ जोशीले चलाएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा अचानक आगलागी भएको खबर प्राप्त हुना साथ छेउमै रहेको चिसापानी कैलालीबाट प्रहरी निरीक्षक हरिराम डागीको टोली आगलागी नियन्त्रणमा खटिएको थियो ।


प्रकाशित : २०८० फाल्गुन २८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप