लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सम्झना-कविता (अर्पणा के.सी.)

मानसपटलमा कैद भएका उनका चित्र
सम्झनाको रोटेपिङे खेल खेल्दै
हृदय माझ चाचाहुई गरिरहेछ
उनैको सम्झनामा।

थुप्रै सम्झनाका गल्छेडा हुँदै मनका नदीमा
पसेका बाढिका भेल
मेरै छाती भिजाउदै मन मझेरीमा
बगिरहेछ आजकल हरपल।
थुप्रै पटक भत्काएको मेरो आदिम वय
मेरा मनका गह्रा आलिका फाल्चा
मिलाउदै तास्दै बनेका प्रेमका खेतका गह्रा झै ।

तिनै मधुर मोहित आवाजका ध्वनिले बनेका
प्रेमको मन्दिरको भित्ताहरुमा
मेसेन्जरका हरियो थोप्लाको
मौनतामा सफर गरिरहेको
प्रेमको यात्रा।

हामी बिचको मौनताले ल्याएको बादल र झरीले
फ्याकेको असिना क्रकिड झै मुटुका धड्कनमा
ठोकिन्थ्यो अनि तरतर रगत झै रातो र तातो
बग्दथ्यो उनका सम्झना र पर्खाईमा अर्थहिन
समयका मुल्यहिन भेलहरु आँशु बनेर रात भर
शिरानी भिज्दथ्यो ,त्यहीँ भिजेको शिरानिमा
कता कता उनको स्पर्स को महशुस हुन्थ्यो
र थामिन्थे आँशुहरु आफसे आफ।

प्रतीक्षाको पुल तर्दै गरेको यो प्रेमको नदि
किनारमा बेवारिस हुँदै गरेको अनुभुति हुदाहुदै पनि
उनि किनारमा क्षोभहरु छोडदै
प्रेमका प्रस्ताव ,संकेत र अनुरोध
लत्याउदै गरेता पनि
आशामा उनैको
केही उमंगको
केही उत्साहको
केही उन्मात योवनको
साथमा बग्ने परिकल्पनामा
साथमा बग्ने संभावनामा
समुन्द्रका छालमा प्रेमिल आलिङ्गनमा
मिलनको स्वर्गीय सुखानुभुतिकालागी
छाती फराकिलो पार्दै
मिठो मिलनको प्रतीक्षामा
सम्झनाका गुलियो रसपान गर्दै दौडिरहेछ सम्झना।

-अर्पणा के. सी . “सर्बिन”


प्रकाशित : २०८० चैत्र ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप