सत्ति / भानु सामुदायिक पुस्तकालयले आधारभूत कम्प्युटर तालिम सुरु गरेको छ । टिकापुर नगरपालिका वडा नम्बर ७ काे सहयोगमा साे कम्प्युटर तालिम एक कार्यक्रमका बिच साेमबार देखि उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रम पुस्तकालयका अध्यक्ष मनिराम ढुंगानाकाे अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि टिकापुर नगरपालिका ७ नं वडा अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए ।
२१ औं शताब्दी विज्ञान र प्रविधिको युग भएकोले आउने भविष्य बाेकेका युवा प्रविधिमा पाेख्त भए देशकाे विकास छिटो हुने भएकोले तालिमको लागि सहयोग गरिएको अध्यक्ष न्याैपानेले बताएका थिए ।
कम्प्युटरको प्रयोग हरेक व्यक्ति, घर, संघ,सस्थामा अनिवार्य आवश्यक साधन भएकोले वडाले सराहनीय काम गरेको कार्यक्रमका अतिथि तथा सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेतले बताएका थिए । कम्प्यूटर लाई कसरी आफ्नो जीवनयोपयोगी बनाउन सकिन्छ भनेर तालिम सिक्न आबश्यक छ उनले भने ।
कार्यक्रममा वडा सदस्य राजकुमार चाैधरि, सत्ति वनका अध्यक्ष जित्राम चाैधरि,लगायतले मन्तव्य राखेका थिए भने संचालन पुस्तकालयका सचिव भिम बहादुर वि. क.ले गरेका थिए ।
तालिममा ६० जनाकाे सहभागीता रहेको छ ।