लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

ग्रसित छन नेता प्राय चौथों स्टेजको भ्रष्टाचारको रोगले


कसैलाई छैन ढिका नुन कसैलाई धेरै आयोडिन
कसैलाई सुख बारैमास कसैलाई दुख हरेक दिन
कतै कच्ची सडक छैन ,गाडी जहाज शहरमा
जीवन बिति जान्छ क्या हो,मोटर चढ्ने रहरमा

भोक लाग्दा रोटि छैन,आउँछन माग्न भोट
चुनाब हुँदा फाटेको सर्ट,मन्त्री हुँदा कोट
पुल छैनन खोलामा , जिल्लै पिच्छे टावर
जनतालाई नै चिन्दैनन,हातमा आउँदा पावर

त्रसित छन जनता ,बाढि पहिरो भुकम्प महामारीले
गाउँको गुहार कहाँ सुन्थ्यो,नेता बस्ने राजधानीले
ग्रसित छ्न नेता प्राय,चौंथो स्टेजको भ्रष्टाचारको रोगले
विदेशिए युवा सबै,धन कमाउने भविष्य बनाउने भोकले

कतै छैन मलम पट्टि,कतै छैन न्याय
इमानदार छु भन्नेले नै इमान बेची खाए
७९मा घन्टी बज्यो,८४ मा घन्टा
विस्वास गर्न छोड नेतालाई, ए मूर्ख जनता

-मोहित श्रीपाइली


प्रकाशित : २०८१ जेष्ठ १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप