लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रभावकारी र समावेशी सुशासन बारे सुदृढीकरण गाेष्ठि सम्पन्न

सत्ति / लैंगिक समानता ,अपांगता तथा सामाजिक समावेशीकरण पहलकाे स्थिति ,चुनाैति विषयक एक दिने कार्यशाला साेमबार टिकापुरमा सम्पन्न भएको छ ।
द एशिया फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपालको सहकार्य र टिकापुर नगरपालिकाकाे आयोजनामा भएको उक्त प्रभावकारी र समावेशी सुशासन सुदृढीकरण कार्यक्रममा सहभागी वक्ताहरुले कार्यक्रमकाे प्रभावकारिता बिस्तारै बढ्दै गएको बताएका थिए ।
लैंगिक समानता ,अशक्त र सामाजिक समावेशीकरणका दलित ,महिला र अल्पसंख्यकका सवालमा सरकार जिम्मेवार रहेको बताउँदै संघसंस्थाकाे सहयोग बाट झन प्रभावकारी बढेको बताएका थिए ।

द एशिया फाउन्डेसन र दलित महिला केन्द्रकाे सहयोगले दलित , महिला ,जनजाति ,पिछडिएका जनप्रतिनिधिको निरन्तर क्षमता विकासका कार्यक्रमले उनिहरुमा आफ्नो अधिकारका सवालमा निर्धक्क शीत कुरा राख्न सक्ने भएको कार्यक्रममा सहभागी टिकापुर नगरपालिका वडा नम्बर ४ कि वडा सदस्य तुलसा वि.क.ले बताइन् ।

स्थानीय तहमा कार्यपालिकीय र न्यायिक अधिकार रहेकाले यसलाई स्थानीय सरकार भनिएको हो भन्ने कुरा विविध तालिम बाट जानकारी पाएकाे विकले बताइन् ।
स्थानीय सरकार जनता शासनमा सहभागी हुने र लोकतन्त्रको प्रतिफल प्राप्ति गर्ने अवसर पाउने भएकोले स्थानीय सरकार लोकतन्त्र र असल शासनको आधारस्तम्भ मानिन्छ र यसको प्रभावकारी कार्यान्वयनका लागि महिला तथा दलित समुदायका जनप्रतिनिधिको सशक्तीकरणका लागि द एशिया फाउन्डेसनले सहयोग गरेको टिकापुर नगरपालिका महिला तथा बालबालिका उपशाखा प्रमुख संगिता शाहले बताइन् ।

कार्यक्रमकाे अध्यक्षता गरेका टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले जनताको विकासमा सहभागिता, निर्णयमा पहुँच तथा शासन र लाभमा सबैको समावेशी सहभागिता जस्ता मापदण्डले स्थानीय सरकारको सुशासनको अवस्थालाई प्रतिविम्बित गर्ने र स्थानीय सरकार प्रति जनताको अपनत्व बढ्ने बताएका थिए ।
कार्यक्रममा टिकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि वड, वडा अध्यक्ष हरु,कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख ,द एशिया फाउन्डेसनका सुदुर पश्चिम प्रदेश संयोजक यज्ञमान सेट्टिकाे र वडा सदस्यहरुकाे सहभागीता रहेको थियोे भने संचालन टिकापुर नगरकार्यपालि का सदस्य मन्जु वि.क.ले गरेकाे आयोजकले जानकारी दिए ।


प्रकाशित : २०८१ जेष्ठ २९ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप