विश्व शान्तिका लागि एक तपस्वीले स्थापना गरेको स्थल हाे, स्वर्गद्वारी ।जहाँ पाण्डवहरूले अन्तिम यज्ञ गरेर स्वर्ग हिडेकाे श्रुति ग्रन्थमा उल्लेख छ।महाभारत जस्तो धार्मिक ग्रन्थका मुख्य पात्र पाँच पाण्डवहरूले हालकाे स्वर्गद्वारी तपाेभूमिमा यज्ञ गरि हिडेकाे तथ्य भेटिएको थियोे ।
स्वर्गद्वारीमा यज्ञ कुण्ड निर्माणका लागि उत्खननका क्रममा पाण्डवहरूले पूजा पाठकाे लागि प्रयाेग गरेका सामग्रीहरूकाे अवशेष माटो मुनि भेटिएको थियोे ।यहीँ जुन स्थान हाे,जहाँ १०८ महाप्रभु बालतपस्वीले तीन वर्ष तपस्या र ध्यान गरेका थिए।उनै बाल तपस्वीले स्वर्गद्वारीमा प्राचीन कालमा यज्ञ गरेको अवशेष फेला पारेपछि यसै ठाउँमा मन्दिर स्थापना गरि अखण्ड दीप प्रज्याेलित गरेका थिए।विक्रम सम्वत १९५२ बैशाख पूर्णिमा तिथि अर्थात बुद्ध जयन्तीदेखि यहाँ अहिलेसम्म बलिरहेकाे छ दीप।
विक्रम सम्वत १९१६ मा राेल्पाकाे रून्टीमा जन्मिएका थिए,तपस्वी हसानन्द गिरी ।उनी ६ वर्षको उमेरमै घरबाट वनबास लागेका थिए।स्वर्गद्वारीमा रहेको ठूलो विशाल बाँझकाे बाेटमुनि ३ वर्ष तपस्या गरि ज्ञान प्राप्त गरेका थिए।
न्वारनकाे नाम नारायणप्रसाद गाैतम खत्री भएपनि गुरु सच्चिदानन्द गिरीबाट दीक्षा पाएपछि उनको नाम हसानन्द गिरी राखिएकाे हाे।
उनै तपस्वी प्रभुबाट प्रारम्भ गरिएको याे धार्मिक स्थल अहिलेसम्म अनवरतरूपमा चलिरहेको छ।मन्दिरकाे यज्ञशाला भित्र पाञ्चायन देवदेवी,गणेश,सूर्य,विष्णु र शिवको मूर्ति रहेका छन् ।चार दिशाकाे काेठामा अग्निकुण्ड र बीचको यज्ञशालामा हवन कार्य गरिन्छ ।मन्दिर भित्र रहेकाे अग्नि कुण्डमा १३० वर्षदिखि दीप निरन्तर बलिरहेकाे छ,अविछिन्न दीपलाई शक्तिकाे बिम्ब मानिन्छ ।हवन कुण्ड वेदद्वारा अग्नि स्थापना गरि दीप प्रज्जवलीत गरिएको हाे।वेद गुरूद्वारा पूजा गरिने यश हवन कुण्डकाे विभुति ग्रहण गर्दा राेगव्याधि नलाग्ने धार्मिक विश्वास छ।
लुम्बिनी प्रदेशकाे प्यूठान जिल्लामा पर्ने यश पूण्य भूमि समुद्री सतहबाट २१ सय २१ मीटर उचाइमा अवस्थित स्वर्गद्वारी धार्मिक विश्वासले मात्रै हाेईन,प्राकृतिक मनाेरम दृष्य र छटाले पनि उत्तिकै भरिपूर्ण छ।स्वर्गद्वारी दर्शन नगरे तीर्थ पूर्ण नहुने धार्मिक विश्वास रहि अाएकाे छ। नेपालसहित भारतीय सवा सय कराेड हिन्दु दर्शनार्थीहरूकाे अास्था केन्द्र यश स्वर्गद्वारीमा हरेक दिन भीड लाग्छ।विशेषगरि बैशाख पूर्णीमा यहाँ दर्शनार्थीहरूकाे घुँईचाे हुन्छ ।बैशाख पूर्णिमाकै तिथिदेखि महाप्रभुले अखण्ड दीप प्रज्जवलनकाे शुभारम्भ गरेकाे हुनाले यश दिनलाई विशेष मानिन्छ,भने उभाैली पर्वकाे दिनमा पनि ठूलो मेला लाग्छ,यहाँ ।
महाप्रभुलाई शिवकाे अवतार मानिन्छ,पशुपतिनाथमा शिवकाे मात्रै पूजा गरिन्छ भने यहाँ हिन्दुहरूका सम्पूर्ण पूजा अग्निकाे हवन गर्ने विधिविधान सञ्चालित गरिन्छ ।जुन विषयमा गुरु शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारी त्यस्तो मन्दिर हाे,जहाँ वेदकाे ज्ञानद्वारा अग्नि निकाली हवन गरिन्छ ,जुन विश्वकाे एक मात्रै स्थल हाे ,भनेर भनेका थिए।
साभार : sarajuonline