सत्ती/कैलालीमा भन्सार छली गरी ल्याएका ३ लाख भन्दा बढि मुल्यका कपडाहरू प्रहरीले बरामद गरेको छ ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ राजिपुरको भित्री सडकखण्डबाट विभिन्न किसिमका बेवारिसे कपडाहरु प्रहरीले बरामद गरेको हो ।
सोमबार विशेष सुचनाको आधारमा सादा पोसाकमा खटिएको टोलीले तीन लाख ३८ हजार ७ सय ३० रुपैयाँ बराबरको कपडा जस्तै म्याक्सी,ब्लाउजको कपडा र गम्छा बरामद गरेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।
बरामद गरिएको उक्त सामान सत्ती भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।
प्रकाशित : २०८१ असार ४ मंगलवार प्रकाशित