लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकि गाउँपालिकाकाे १४ औं गाउँसभाले गर्यो उत्कृष्ट कर्मचारी देखि किसानसम्मलाई सम्मान

सत्ति / जानकी गाउँपालिकाको १४ औं गाउँसभाले आ.व. २०८०/०८१ मा १३ विधामा उत्कृष्ट कार्य गरेका १३ जना व्यक्तिहरुलाई जानकी गाउँपालिकाको स्थानीय सेवा पुरस्कार सम्बन्धी कार्यविधि, २०८० बमोजिम सम्मानित गरेको छ ।

जसमा अधिकृतस्तरमा आर्थिक प्रशासन शाखा प्रमुख दिनेश माझी,सहायस्तरमा इलेक्ट्रिसियन रमेश चौधरी, श्रेणीविहीनस्तरमा हलुका सवारी चालक चित्र बहादुर चौधरी,वडास्तरमा वडा नं.१ र ४ का वडा प्राविधिक लेखनाथ उपाध्याय,स्वास्थ्य सेवा तर्फ आधारभूत स्वास्थ्य सेवा केन्द्र जानकी- ६, जगतपुरका प्रमुख बिष्णु थापा र शिक्षा क्षेत्रमा राष्ट्रिय आधारभूत विद्यालय जानकी-८, खैरीपुरका प्रधानाध्यापक खेत बहादुर चौधरी सम्मानित भएका छन् ।

यसैगरी जानकी गाउँपालिकाको स्थानीय स्तरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उत्कृष्ट कृषक समूह तर्फ प्रेमलाल कृषि फर्म समूह, जानकी-१ धर्मापुर उत्कृष्ट पशुपालन कृषक तर्फ अमरावती बाख्रापालन फर्म, जानकी-९ अमरावती ,उत्कृष्ट निर्माण व्यवसायी तर्फ जय भवानी कन्स्ट्रक्सन प्रा.लि. घोडाघोडी-१, कैलाली उत्कृष्ट स्वास्थ्य स्वयंसेविका तर्फ सुशिला चौधरी, जानकी-१, धर्मापुर, उत्कृष्ट सहकारी संस्था आधुनिक कृषक बहुमुखी सहकारी संस्था लि. जानकी-९, कैलाली ,उत्कृष्ट बड्घर बसन्ती थारु जानकी-५ अमौरी र उत्कृष्ट मेलमिलापकर्ता भद्रबिर चौधरी जानकी-१, तोरैयापुर सम्मानित भएका छन् ।

गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष लालमति कठरिया, वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी, सम्मानित व्यक्ति इन्दा कुमारी डाँडी र विष्णु थापाले मन्तव्य राखेका थिए । 


प्रकाशित : २०८१ असार ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप