लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रहरी चाैकि सत्तिका इन्चार्ज खड्का कारबाही परे पछि नयाँ इन्चार्ज साउँद आए

सत्ति / प्रहरी चाैकि सत्तिमा नयाँ ईन्चार्जका रुपमा प्रहरी नायव निरिक्षक उदय साउँदलाई आएका छन् ।


यस अघिका ईन्चार्ज वरिष्ठ सइ अशोक खड्काले गतशनिबार साँझ टिकापुर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा सर्वसाधारण लाई गालीगलौज गरेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई जथाभावि होल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि प्रहरीको नियन्त्रणमा परेका थिए ।

उनले मदिरा सेवन गरी सार्वजनिक स्थानमा अपशब्द प्रयोग गर्दै गालिगलौज गरेको प्रत्यक्षदर्शीले बताएका थिए । सादा पोशाकमा रहेका ईन्चार्ज खड्का मादक पदार्थ सेवन गरेको समेत प्रत्यक्षदर्शी संग स्विकारेका थिए ।

केहिदिन अघि प्रहरी चाैकीमा नै मदिरा सेवन गरि प्रहरी कर्मचारी लाई समेत गालीगलाैज समेत गरेकाे र कुटाकुट गर्ने प्रयास समेत भएकाे स्रोतले जानकारी दिएकाे छ । प्रहरी नायब निरिक्षक उदय साउँदलाई इलाका प्रहरी कार्यालय टिकापुर बाट सत्ति चाैकिमा खटाइएका हुन ।
साउँद यस अघि २०७८ साल चैत महिनामा सत्ती चाैकीमा ईन्चार्ज भई काम गरि सकेका हुन ।


प्रकाशित : २०८१ असार १८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप