आफ्नै भनाउदालेनी अन्तैै नाता जोडे।
बाच्नै मन लागेन अनि सन्सार छोडे।
नगर्नु पर्नेथ्योनी किन यस्तो गर्यौ,
अब तिमी नरकको आगोभित्र पर्यौ।
सबले मजाक उडाए सबले हेला गरे,
मुक्ति पाउला भन्नी सोच आयो मलाई मरे।
सबैभन्दा ठूलो पाप हो आफैलाइ मार्नु,
यस्तो ठाउँमा आईपुग्यौ अब क्यारी तार्नु।
मिल्छ भने एउटा मौका अझैपनि दिनु,
हजुरकै बाटो पछ्याएर हिनु।
धर्तीमा पठाकोथे मन नलाई नलाई,
सरी भन्नै पर्ने एउटा बाध्यता छ मलाई।
यो धर्तीमा कस्तो छ हेरिराछु चलन,
स्वर्गमानी नियम छ गर्नैपर्छ पालन।
सबैको भाडा माझ्छु सबको लुगा धुन्छु,
त्यो आगोमा नपठाउनुस् बरु गधै हुन्छु।
हेेर्नुस् त दन्दनी दन्किराछ आगो,
बिचराले चिच्याउदै फेरि पानी माग्यो।
कैलेसम्म आगोमा तड्पी तड्पी रहने,
कस्तो आपत् आईपर्यो खै कसरी सहने।
अब तिमी जानुपर्छ त्यही आगोभित्र,
अघि नै गइसक्याछन् तिम्रा धेरै मित्र।
नारायण पाण्डे , काठमाडौं
रत्नराज्य लक्ष्मी क्याम्पस ।