कैलालीको टीकापुरबाट लागूऔषधसहित २ किशोर पक्राउ परेका छन्।
बर्दियाको राजापुर नगरपालिका–२ बस्ने १९ वर्षीय किशोर चौधरी र १८ वर्षीय अर्का (नाम नखुलेका) किशोरलाई टीकापुर नगरपालिका–९ खग्रौलाको चेक पोष्ट सडक खण्डबाट पक्राउ गरिएको हो ।
उनीहरुबाट ९ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद भएको हो । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
प्रकाशित : २०८१ असार २६ बुधबार प्रकाशित