सत्ति / टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारी संस्थाले स्थापनाकाे २४औं वार्षिकोत्सब शनिबार मनाएको छ ।
दिवसका अवसरका आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष पलबहादुर बस्नेतले सहकारीको व्याजदर घटाएको र लगानीका नयाँ क्षेत्र पहिचान गरिन थालेकाले शेयर सदस्यलाई सुझाव मागेका छन् ।
‘चालू वर्षमा साढे १३ प्रतिशतबाट व्याजदर घटाएर वार्षिक १२ प्रतिशतमा झारेका छौं’ अध्यक्ष बस्नेतले भने , ‘शेयर सदस्य र वचतकर्तालाई लाभ पुग्ने गरी नयाँ लगानीका क्षेत्रहरु बीउ उत्पादन, मिनि कोल्डस्टोर स्थापना, प्राङ्गारिक मल उत्पादन, भैसीपालन, डेरी सञ्चालनको संभावना अध्ययन गर्दैछौं शेयर सदस्यको पनि सुझाव चाहियाे ।’
वार्षिकोत्सव समारोहमा सहकारीका २ हजार २७१ शेयर सदस्य पुगेको, शेयर पूजी एक करोड ७३ लाख ७१ हजार २०० पुगेको, १४ करोड ८२ लाख ९६ हजार वचत र १५ करोड ८२ लाख ८७ हजार लगानी गरेको जानकारी दिइएको छ । यस्तै गत वर्ष ८६ लाख ३२ हजार मुनाफा कमाएको सहकारीले चालू वर्षमा ९५ लाख मुनाफा कमाउने लक्ष्य राखेको सहकारीका व्यवस्थापक दीपक बैद्यले जानकारी दिए । निवर्तमान अध्यक्ष हरि कार्कीले संस्थाको स्थापना दिवसमा ८६ जनाले एक हजार रुपैयाँकाे शेयरबाट शुरू गरेको संस्था बृद्दि हुदै गैरहेको बताए । पारदर्शिता, इमानदारिता र जवाफदेहिता कायम गरेको बताएका थिए ।
लेखा संयोजक वीरेन्द्र शाह आन्तरिक लेखा हेर्दा राम्रो रहेको भजनी शाखाले मुनाफा कमाएको जानकारी दिदै शेयर सदस्य र वचतकर्ताका लागि कार्यक्रम ल्याउन सुझाव दिए । नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश समिति सदस्य भीम वि.क.ले सहकारीलाई लगानीको क्षेत्र दायरा बढाउन सुझाव दिएका थिए । संस्थापक शेयर सदस्य उमा भट्टराईले हजार रुपैयाँ हालेर शुरू गरेको सहकारी करोडौंको कारोबार पुग्दा खुशी लागेको र कृषि र पशु क्षेत्रमा लगानी बढाउनु पर्ने प्राविधिक कर्मचारी चाहिएको बताइन।
सहकारीले लगानी गरेको १४ करोड २९ लाख मध्ये पाँच करोड ९६ लाख व्यापारमा, पाँ करोड ९२ लाख कृषिमा, १६ लाख २० हजार समूहगत रुपमा, ३१ लाख पावर टिलर र अटो रिक्सामा, ४० लाख स्वरोजगार र उद्योगमा दश लाख ५० हजार, अन्य क्षेत्रमा एक रोड ५० लाख लगानी गरेको छ ।
१२ जना भए सम्मानित :
सहकारीले असल ऋणी र वचतकर्तालाई सम्मान गरेको छ । सम्मानति हुने वचतकर्तामा टीकापुर –६ का कृष्ण चौधरी, ७ का जुगराम थारू, सीता चौधरी, हिरा कुमारी नेपाली, ८का चन्द्रसिह साउद, ९ का भक्तबहाुदर बोहरा, भजनी –८ का जीत बहादुर चौधरी, वडा नम्बर ५ का खेमबहादुर नेपाली हुनुहुन्छ । यस्तै असल ऋण कारोवारीमा टीकापुर नगरपालिका– ७ का प्रजित कुवर, सिकारी डगौरा थारू, काजल चौधरी, भजनी नगरपालिका–३ जवलपुरकाका रामनारायण चौधरीलाई नगद सहित सम्मान गरेको छ । पलबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।