लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूर सन्दर्भ साप्ताहिक १५ औं वर्षमा प्रवेश

यस साप्ताहिकले निरन्तरताको १४ औं वर्ष पुरा गरेको छ । हामी १४ औं वर्ष पुरागरि १५ औं वर्षको सुरवात गर्न पाउँदा ज्यादै हर्षित छौं । २०६७ भाद्रमा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भई प्रकाशन प्रारम्भ भएको थियो । निष्पक्षता, निर्भिकता र निरन्तरतालाई मुल मन्त्र ठानी स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको भरपुर उपयोग गर्दै २०६७ असोज देखि निरन्तर प्रकाशन हुँदै आएको यस साप्ताहिकलाई हामीले डेढ दशक सम्म निरन्तरता दिन सफल भएका छौं ।

हामीले यो १५ वर्षको अन्तरालमा यस क्षेत्रका ग्रामिण बस्ती भित्र दबिएका,पछि पारिएका,राज्यको अधिकारबाट बन्चित भएका,सरोकारवालाहरुको आँखा नपरेका अर्थात मुलधारबाट वञ्चितिकरणमा परेका नागरिकहरुका आवाजहरुलाई सबैसामु ल्याउने प्रयास गर्दै आएका छौं र आगामी दिनहरुमा समेत गर्ने छौं ।

कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व लकडाउनको अवस्थामा पनि देशका ठुला भनिएका छापामाध्यम पनि बन्द भए तर मोफसलमा रहेर हाम्रो टिमले आफ्नो प्रकाशनलाई एक दिनपनि नरोकि नियमित प्रकाशन गरेर महामारीको ठुलो संकटपूर्ण अवस्थामा हाम्रा पाठकहरुलाई अन्यौलता, सन्त्रासमा सही सूचना, जानकारी, सन्देश प्रवाह गरी पाठकलाई सचेत बनाएको तपाईहरु सबैलाई अवगत नै छ ।

मोफसलमा सानो विज्ञापन बजार र प्राकृतिक प्रकोपको हिसाबले जोखिमपुर्ण तल्लो बेल्ट र सिमा नजिक देखि यो काम सजिलो भने पक्कै थिएन र छैन पनि । तर पनि हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुकहरूको मायाले हामी थप उत्साहित नै छौं ।

समग्र सुदूरपश्चिम र विशेषगरि कैलालीकोे विकास र समृद्धिका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्यौं र आगामी दिनमा हाम्रो उपस्थिति झनै सशक्त हुनेछ । एउटा पत्रिकामा प्रकाशित समाचार, रिपोर्ट, सम्पादकीय वा लेखले समाजमा अप्रत्यक्ष रुपमा व्यापक प्रभाव परिरहेको हुन्छ । त्यसले शक्तिशालीहरू बाट हुने मनपरी मात्र होइन, प्राकृतिक र दैवी विपत्ति समेत रोक्न सक्छ ।

हामी माटो भन्दा माथि मान्छेलाई राख्छौं । मान्छे कै सुख,दुःखको साथी बन्न प्रयासरत छौं । हामी जीवनका सबै रङलाई गाढा बनाउन,जालोले छेकिएका प्रतिभालाई चम्काउन प्रयासरत रहेका छौं । समानता, पहिचान र न्यायका लागि संघर्षरत वर्ग, समुदाय आदिका मुद्दा हाम्रो प्राथमिकतामा पर्दछन र पर्नेछन् । यो समाजले हामीलाई कसरी मुल्यांकन गर्छ थाहा छैन तर आदरणीय पाठकको विश्वास र माया बाहेक अरू कसैको प्रमाणपत्र हाम्रा लागि अपेक्षित छैन किनकी पाठकहरु हाम्रा लागि देउता समान हुन र पाठकहरुको विश्वास र भरोसा नै हाम्रा लागि आर्शिवाद सरह हो । हाम्रो यो यात्रामा यहाँहरुको साथ, सहयोग र सहकार्यका लागि कृतज्ञ छौं । आउँदा दिनमा पनि हाम्रोे प्रगति र सफलताका लागि पाठक, प्रबुद्धवर्ग र अन्य सम्बद्ध पक्षको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।

हामी प्रण गर्छौं की क्षणिक दर्शक बढाउने र अनावश्यक माहोल तताउने हेतुले हामी हाम्रा पाठकलाई अन्याय गर्ने छैनौ । यति लामो यात्रामा हामीलाई साथ, सहयोग र हौसला दिने आमपाठक, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति विशेष धन्यवाद र आभार प्रकट गर्न चाहन्छौ ।

साथै हामीले प्रविधिको विकास र समयको मागले गर्दा सुदूर सन्दर्भको अनलाइन संस्करण sudoorsandarbha.com र sudoor sandarbha tv नामक युटुब च्यानल विगत ३ वर्ष देखि संचालनमा ल्याएका छौं । त्यसैले छिटो र सजिलो तरिकाले समाचार पढ्न र हेर्नका लागी हाम्रो अनलाइन पोर्टल र युटुब च्यानल भिजिट गर्न अनुरोध छ ।

प्रकाशक/सम्पादक : भिम वि.क.


प्रकाशित : २०८१ भाद्र ९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप