सत्ति / टिकापुर ६ नारायणपुर श्री स्थित गणेश उत्सव समितिले हरेक वर्ष आयोजना गर्ने श्री गणेश पुजनोत्सवको यस वर्ष पनि सुरु भएको छ ।
समिटिका पदाधिकारी, वडा ,सहकारी र स्थानीय व्यापारीहरुको सक्रियतामा यस वर्ष पनि शनिवार देखि पुजा, मेला उत्सव सहित विभिन्न धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो । यसका आलावा यहाँ रात्री कालिन भक्ति आराधना हुने गर्दछ भने उत्सव यही २८ गतेसम्म हुने श्री गणेश उत्सव आयोजक समितिका सचिव कुलराज खनालले जानकारी दिएका छन् ।