बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो।
आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको स्थानीयले बताए ।
उनलाई बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै मृत अवस्थामा भेटाइएको हो । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष करनजंग सिंहका अनुसार उनी चिप्लिएर सेती नदीमा बगेको बुझ्नमा आएको छ। अहिले शव निकालेर पोष्टमार्टमका लागि चैनपुर लैगिएको छ ।