लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको समन्वय प्रमुखमा काँग्रेसकी भुल निर्विरोध

धनगढी / जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिए पछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार थारूले केही समयअघि उम्मेदवारी फिर्ता लिएकी हुन् ।

Oplus_131072

‘बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेकोमा नागरिक उन्मुक्तिकी थारु ले फिर्ता लिएकी छिन्,’ उनले भने ।  

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगरप्रमुख रामलाल डङ्गौरा, काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हुन् । 

समन्वय प्रमुखमा निर्विरोध भएकी भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् । 
कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो । 


प्रकाशित : २०८१ मंसिर ५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप